News Portal

  • आजदेखि मालपोत कार्यालय खुल्ने

    रातोपोस्ट संवाददाता
    ४८५ पटक

    काठमाडौँ, जेठ २५ । आजदेखि देशभरका सबै मालपोत कार्यालय खुल्ने भएका छन्। गएको चैत ११ गते बन्दाबन्दी (लकडाउन) सुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय आजदेखि खोल्न भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ।

    बन्दाबन्दीका कारण देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो। सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम तथा आवश्यक सेवा सञ्चालन गर्न माग भएपछि कार्यालय खुल्न लागेका हुन्।

    आजदेखि कार्यालय प्रमुखले अनिवार्य रुपमा कार्यालयमा उपस्थित भई अन्य कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सेवा सञ्चालनमा ल्याउन विभागले भनेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)