News Portal

  • सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीद्वारा आत्महत्या

    रातोपोस्ट संवाददाता
    ६९० पटक

    दाङ, असार १८। दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी छन् ।

    प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवा निवासी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यराति फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी हुन्। दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले घटनाको पुष्टि गरे।

    खबर आउनेबित्तिकै प्रहरी टोली परिचालन भएको भए पनि युवती भएको कोठामा पुग्दा उनको मृत्यु भइसकेको थियो। विवाहित उनी माइतीमा बसेकी थिइन्। माइती घरका पनि सबै जना भारत गएकाले उनी कोठामा एक्लै रहेको प्रहरीले जनाएको छ। तर घटनाबारे विस्तृत खुल्न बाँकी छ।

    ‘हामी घटनाबारे विस्तृत अनुसन्धान गरिरहेका छौं,’ डीएसपी खड्काले बिहीबार बिहान नेपालखबरसँग भने। अहिले युवतीको शव राप्ती प्रादेशीक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)