News Portal

प्याब्सन, एन-प्याब्सनलाई विप्लव निकट अखिल (क्रान्तिकारी) मेचिकाेसी ब्युराेकाे चेतावनी

रातोपोस्ट संवाददाता
२३३५ पटक

झापा। नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मेची काेशी क्षेत्रिय समन्वय समितले काेराेना महामारीका कारण माध्यमिक तह देखि विश्वविद्यालय तह सम्मका परिक्षा राेकिदा बिद्यार्थीमा अन्योलता छाइरहेको अवस्थामा यसको उचित व्यवस्थापन गर्न भन्दै विज्ञप्तिमार्फत आग्रह गरेको छ।

समितका संयाेजक पुस्प न्याैपानेले एक विज्ञप्ति जारी गर्दै काेराेना भाइरसका कारण लामाे समयदेखि परिक्षा राेकिदा बिद्यार्थीमा परिरहेको अन्याैलता हल गर्न सराेकारवाला पक्षसँग आग्रह गरेका हुन् । निजि शिक्षण संस्थाहरुको छाता संगठन प्याबसन, एन–प्याबसनलाई अभिभावकहरु माथि शुल्क तिर्नका निम्ति दबाब नदिन पनि उनले चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएकाे छ, ‘एकातिर यति बेला शिक्षण संस्थाहरु बन्द रहेका छन् , सरकारले समेत वैज्ञानिक र व्यवस्थित तवरले विद्यालयहरु सञ्चालन गर्न सकिरहेको छैन भने अर्कातिर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै भर्नाका नाममा शुल्क नलिन निर्देशन समेत गरिसकेको अवस्थामा शिक्षालाई सेवाका नाममा लुटेर आफ्नो साम्राज्य कायम राख्न पल्केको निजि शिक्षण संस्थाहरुको छाता संगठन प्याबसन, एन–प्याबसनले अनलाइन शिक्षाका नाममा अभिभावकहरुलाई शुल्क तिर्न आह्वान गर्नु गलत छ ।

यस कदम प्रति हाम्रो संगठन भत्र्सना एवं खेद प्रकट गर्दछ साथै पुर्वकाे’झापा,मोरङ,सुनसरी,धनकुटा,इलाम,पाचथर,ताप्लेजुङ,तेह्रथुम गरी ८ जिल्लाहरुमा तत्काल यस गलत निर्णयलाई सच्याउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउदछाैँ “ ।

कोरोना महामारीका कारण जनताको दिनाचार्यनै कष्टपूर्ण बन्दै गइरहेको समयमा निजि शिक्षण संस्थाहरुको छाता संगठन प्याबसन, एन–प्याबसनलाई अभिभावकहरु माथि शुल्क तिर्नका निम्ति दबाब नदिन चेतावनी दिदैँ विज्ञप्तिमा भनिएकाे छ,५, ६ वर्षको अन्तरालमा आलिसान भवन र चिल्ला गाडिमा गुड्ने क्षमता राख्ने शिक्षाका नाममा दलाली गर्न पल्किएका शैक्षिक दलालहरुले शिक्षक र कर्मचारीहरुको श्रम र पसिनालाई अवमुल्यन हिजो बाटै गर्दै आएको हो , बरु यहाँ त शिक्षकहरु प्रयोग गर्दै अव्यवस्थित किसिमको पठन–पाठन आफ्नो लुटको स्वर्ग कायम राख्न गरिएको प्रपञ्च मात्र हो ” ।

साथै संगठनले संघर्षका कार्क्रम पनि घाेषणा गरेकेा छ । जसअन्तरगत २२ गते ध्यानाकर्षण पत्र बुझाउने, २३ गते विराेध प्रदर्शन र २४ गते काेणसभा रहेका छन् ।

विज्ञप्तिकाे पुर्णपाठ

प्रतिकृया दिनुहोस्