News Portal

एमालेको बैठक काठमाडौं तिर सर्‍याे

रातोपोस्ट संवाददाता
३४३ पटक

काठमाडौं, २४ वैशाख । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने भएको छ। यसअघि केन्द्रीय कमिटी बैठक झापामा बस्ने गरी बोलाइएको थियो । वैशाख २८ गतेदेखि ३० गतेसम्म केन्द्रीय कार्यालय च्यासलमै बैठक बस्ने भएको हो।

एमाले प्रचारप्रसार विभागका उपप्रमुख विष्णु रिजालले बजेट अधिवेशन र संसदीय गतिविधिलगायत कारणले केन्द्रीय कमिटी बैठक काठमाडौं मै गर्ने निर्णय भएको जानकारी दिए।

एमालेले ‘मिसन ग्रास रूट अभियान’ र चुनावीबारे समीक्षा गर्न केन्द्रीय समिति बैठक राखेको हो। यद्यपी बैठकका एजेन्डा कार्यालय र सचिवालय बैठकले तय गर्नेछ।

प्रतिकृया दिनुहोस्