News Portal

  • दीपाश्रीलाई क्षमा दिन आग्रह गर्दै मध्यरातमा फेसबुक लाइभ आए राजेश हमाल

    रातोपोस्ट संवाददाता
    ७६७ पटक

    काठमाडौं, असार ३१ । नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् । मध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै हमालले दीपालाई माफी दिन आग्रह गरेका हुन् ।

    उनले कलाकारलाई उसको सिर्जनात्मक कर्ममा लाग्न सँधै सकारात्मक प्रेरणा दिन पनि अपील गरेका छन् । दीपाश्री निरौलाले ‘महानायक’का विषयमा अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भएको थियो । यो सबै नियालीरहेका हमालले शुभेच्छुकहरूलाई संयमित हुन र सकारात्मक हुन अनुरोध गरेका हुन् ।

    ‘राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला’, हमालले निरौलाको नाम नलिइकन भनेका छन्, ‘दर्शकहरूलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अलि फराकिलो भएर, वृहत चित्रलाई मनन् गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं ।’

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)