News Portal

प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
८०९ पटक

विराटनगर, भदौ १६ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई सङ्क्रमण पुष्टि भएको हो ।

यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै रहेका छन् । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्