News Portal

दाङमा ‘चिर्पट’ प्रहार गरी एक युवकले गरे हजुरआमाको हत्या

रातोपोस्ट संवाददाता
३६८ पटक

दाङ, ८ मंसिर । दाङमा एक युवकले चिर्पटले हानेर आफ्नै हजुरआमाको हत्या गरेका छन् । गढवा गाउँपालिका १ चिसापानी बस्ने २८ वर्षीय जिवन घर्तीले ८४ वर्षीया हजुर आमा केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेका हुन् । घर्तीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मानसिक सन्तुलन गुमाएको बताइएका जिवनले आफ्नै हजु रआमा २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजु समेत ५ जनालाई घरमा सुतिरहेको अवस्थामा एक्कासी चिर्पटले टाउकोमा हानी घाईते बनाएका थिए । घाइते भएकी केशरी घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

कुटपिटबाट सामान्य घाइते भएका उनका दाजुको स्थानीय स्तरमा र गम्भीर घाइते भएका अन्य ३ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जिवनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्