News Portal

शिवसताक्षीमा पिकअपको ठक्करबाट महिलाको मृत्यु

रातोपोस्ट संवाददाता
३८ पटक

झापा, १० असाेज । झापाकाे शिवसताक्षीमा पिकअपको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक शिवसताक्षी नगरपालिका–९ निवासी ४० वर्षीया जानुका अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबार बिहान ७ः१५ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी– ११ दुधेमा झिलझिलेबाट माईधारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४१७२ नम्बरको स्कुटरलाई दक्षिणतर्फ बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ च ८३३२ नम्बरको पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा परी स्कुटर चालक अधिकारी गम्भीर घाइते भएकी थिइन् । उनको टाउकोमा चोट लागेर उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको र उपचारको क्रममा बिहीबार साँझ ७ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने पिकअप र पिकअप चालक इलाम नगरपालिका–१ निवासी ३१ वर्षीय सुरेश बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्