News Portal

झापामा २४ घन्टामा ३ सय मिलिमिटर वर्षा, केही भाग डुबानमा

रातोपोस्ट संवाददाता
३५ पटक

बिहीबार रातिदेखि परेको अविरल वर्षातका कारण झापाको केही भाग डुबानमा परेको छ।झापाको चन्द्रगढी विमानस्थलमा पछिल्लो २४ घन्टामा ३०५ मिलिमिटर वर्षा भएको छ। ‘शिवसताक्षी नगरपालिकाका केही ठाउँ डुबानमा परेका छन्। विर्तामोड बजारकै केही घर डुबेका छन्। ती घरका मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको छ। अरू खास क्षति छैन,’ झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।

उनका अनुसार झन्डै २४ घन्टापछि झापामा वर्षा मत्थर भएको छ। भद्रपुरमा पूरै रोकिएको अवस्था छ भने अन्यत्र मध्यम वर्षा भइरहेको उनले बताए। पछिल्लो समय अनारमनीमा २५३, झापाकै बाहुनडाँगीमा २०२.८ मिलिमिटर वर्षा भएको छ। इलामको कन्काइमा २८८.२, झापाको अर्जुनधारामा १८०.८, झापाको गौरादहमा २५३.६ मिलिमिटर पानी परेको छ।

अहिले पूर्वी र मध्य तराईमा बढी वर्षा भइरहेकाले बादल गहिरिँदै गइरहेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक विनोद पोखरेलले बताए। उनले वर्षा अझै बढ्न सक्ने बताए। मौसमविद्का अनुसार शनिबार रातिबाट मात्रै वर्षा मत्थर हुने देखिन्छ। शुक्रबार देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना छ। आज र भोलि रात्री बस नचलाउन सरकारले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्