News Portal

काँकरभिट्टा क्याम्पसको पद हस्तान्तरण

रातोपोस्ट संवाददाता
६४ पटक

मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पसको सञ्चालक समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार क्याम्पसको सभा हलमा आयोजित एक कार्यक्रमका बीच क्याम्पसको नयाँ सञ्चालक समितिलाई निर्वाचन समितिका संयोजक हेमकुमार खड्काले सपथ ग्रहण गराएका हुन् ।

समितिको हालै सम्पन्न निर्वाचनबाट क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा दुर्गाप्रसाद सापकोटा चयन भएका थिए । उनी सर्वसम्मत निर्वाचित भएका हुन् । सामाजिक व्यक्तित्व सापकोटा सहकारी अभियन्तासमेत हुन् । यस्तै, सञ्चालक समितिको सदस्यहरुमा हरिप्रसाद तिम्सिना, सुशील आचार्य, दिलिपजंग सुब्बा, पनिता ढकाल, होमबहादुर विष्ट, निर्मला सुवेदी, लक्ष्मी कटुवाल, ललितबहादुर तामाङ, हरि न्यौपाने, हेमकुमार खड्का लक्ष्मीप्रसाद उप्रेती, सन्तोष खवास, विशाल तामाङ, अर्जुनकुमार दाहालसहित १५ सदस्यीय सर्वसम्मत निर्वाचित भएका हुन् । विधानत आठजना निर्वाचित र बाँकी ७ जना पदेन सदस्यमा मनोनित गरिएको हो ।

पद हस्तान्तरण कार्यक्रममा नेकपा एमालेका नेता तथा संविधान सभा सदस्य रविन कोइराला, पूर्व प्रदेश सांसद श्रीपसाद मैनाली, मेचीनगर नगरपालिकाका पूर्व नगरप्रमुख विमल आचार्य, क्याम्पसका पूर्व अध्यक्ष कमल थापाले नवनियुक्त कार्य समितिलाई बधाइ तथा शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक शुभद्रा भट्टराईले गरेकी थिइन् । क्याम्पस सञ्चालक समितिको कार्यकाल तीन वर्ष रहनेछ ।

प्रतिकृया दिनुहोस्