News Portal

नेपालमा थप १८० जनामा कोरोनाको संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
४८७ पटक

काठमाडौं, असार २२ : नेपालमा थप १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १५ हजार ९ सय ६४ पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म ६ हजार ८ सय ११ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर २६४ जना घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस्