News Portal

प्रधानमन्त्री ओलीसहित ६ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

रातोपोस्ट संवाददाता
५८२ पटक

काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

प्रधानमन्त्री ओली, उनका मुख्य सल्लाहकार विष्णु रिमाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो।

आज गरिएको परीक्षणबाट सबैको रिपोर्ट नेगेटिभ देखिएको बालुवाटार स्रोतले जानकारी दिएको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी तथा प्रदेश २ का मन्त्रीलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्रीलगायतको पीसीआर गरिएको हो। दाहालको सुरक्षार्थ खटिएका १० प्रहरीमा बिहीबार कोरोना संक्रमण देखिएको थियो।

प्रतिकृया दिनुहोस्