News Portal

दिल्लीको लगातार दोस्रो जित, चेन्नई २ पटक पराजित

रातोपोस्ट संवाददाता
६१३ पटक

काठमाडौं, असोज १० । इन्डियन प्रिमियर लिग(आईपीएल)मा दिल्ली क्यापिटलले चेन्नई सुपर किंग्स(सीएसके)लाई हराउँदै दोस्रो जित निकालेको छ। उसले सीएसकेलाई ४४.रनले हराउँदै जित निकालेको हो।

टस हारेर ब्याटिङ सम्हालेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७५ रन बनायो। यता १७६ रनको लक्ष्य लिएर मैदान पसेको चेन्नई भने पूरा ओभर खेल्दै ७ विकेट गुमाएर १३१ रनमै समेटिएपछि दिल्लीले जित निकाल्यो।

दिल्लीका लागि ओपनर पृथ्वी शाहले सर्वाधिक ६४ रन बनाए । उनले ९ चौका र एक छक्का प्रहार गरेर सो रन बनाएका थिए । त्यस्तै शिखर धवनले ३५ रन बनाए चेन्नईका लागि पियुष चावलाले २ विकेट लिए।

जवाफी ब्याटिङमा आएको चेन्नईका फाफ डू प्लेसिसले ४३ रन बनाए भने केदार ज्यादवले २६ रन बनाए । यसबाहेक अन्य खेलाडीले सम्झनायक प्रदर्शन गरेनन् । यता दिल्लीका कागिसो रबडाले तीन विकेट चट्काए भने एनरिच नर्टजेले दुई विकेट लिए । दिल्ली २ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

प्रतिकृया दिनुहोस्