News Portal

कर्णाली प्रदेशकाे सचेतकको जिम्मेवारीमा कुर्मराज शाही नियुक्त

रातोपोस्ट संवाददाता
१८७१ पटक

काठमाडाैँ, २७ असाेज। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई दिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै शाहीले प्रदेश शभा  दलकाे विधानकाे दफा ८ वमाेजिम प्रदेश शभा  दलका सदस्य  मा. कुर्मराज शाहीलाई दलकाे विधान बमाेजिम पदमा नियुक्त गरेकाे जानकारी दिएका छन्।

मुख्यमन्त्री शाहीले मंगलबार शीर्ष नेताको सहमति भए लगत्तै कुर्मराजलाई सचेतक नियुक्त गरेका हुन् । मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए ।

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध आइतबार गुलाबजङ्ग शाहलगायत पार्टीकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि त्यहाँको राजनीति तातेको थियाे ।

प्रतिकृया दिनुहोस्