काठमाडौं, मंसिर ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवादलाई साम्य पार्नका लागि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पुनः सक्रियता बढाएकी छिन् ।
नेकपा विवाद छताछुल्ल भएर उत्कर्षमा पुगेका बेला नेपालस्थित चिनीयाँ राजदूत होउ यान्छीले विगतमा झैँ पुन: सक्रियता बढाएकी हुन् । यान्छीले गएराती (मंगलबार) प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।
करिब दुई घण्टा यान्छीले ओलीसँग भेटवार्ता गरेकी थिईन् । ओलीले राजदुत यान्छीसँग छलफल गरिसकेपछि राती नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । भेटमा यान्छीले विवाद मिलाएर अघि बढ्न सुझाव दिएको बुझिएको छ ।
स्रोतका अनुसार चिनियाँ राजदूतले मंगलबारै राष्टपति विद्यादेवी भण्डारीलाई पनि भेट गरेकी थिईन । यसअघि असार र बैशाखमा पनि नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत यान्छी सक्रिय भएपछि केहि समयका लागि नेकपाको विवाद सुल्झेको थियो ।