News Portal

माघ १ देखि अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

रातोपोस्ट संवाददाता
४७९ पटक

काठमाडौं, २३ पुस । माघ १ गतेदेखि अर्को बैंकको एटीएम बुथ प्रयोग गर्दा शुल्क लाग्ने भएको छ। प्रतिकारोबार २० रुपैयाँ मात्रै काट्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो।

लकडाउनको समयमा पैसा नलाग्ने व्यवस्था गरिएको थियो। अब भने हरेक महिना दुई पटकलाई पैसा नलाग्ने र सोभन्दा बढी प्रयोग गरेको खण्डमा प्रतिकारोबार २० रुपैयाँ शुल्क लिने व्यवस्था गर्न राष्ट्र बैंकले भनेको हो। त्यस्तै आज राष्ट्र बैंकले जारी गरेको सूचनामा मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विद्युतीय बैंकिङ सेवाबापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था गर्न पनि भनेको छ।

विद्युतीय कारोबारको प्रयोगकर्ताहरुलाई सुरक्षा प्रत्याभूति दिन पनि राष्ट्र बैंकले भनेको छ। पासवर्ड, युजर आईडी बिर्सिएको खण्डमा त्यसमा सहजीकरण गर्न समेत भनेको हो।

प्रतिकृया दिनुहोस्