News Portal

असममा ६.४ म्याग्नेच्युडको भूकम्प, नेपालमा पनि धक्का

रातोपोस्ट संवाददाता
११४० पटक

झापा, १५ बैशाख । बुधबार बिहान उत्तरपूर्वी भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ। उक्त भूकम्पको धक्का पूर्वी नेपालका केही भागमा पनि महशुस गरिएको छ।

भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७:५१ मा भूकम्प गएको हो। भूकम्पको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

भूकम्पपछि निरन्तर परकम्पहरू पनि आइरहेका छन्। भूकम्पले डराएका मानिसहरूले घर छोडेर बाहिर निस्किएका छन्। केही ठाउँमा भवनहरू भत्किएका भए पनि मानवीय क्षतिबारे जानकारी आएको छैन।

प्रतिकृया दिनुहोस्