News Portal

बुधबारेमा निशुल्क स्वास्थ्य शिविर, ७ सय बढीले लिए सेवा

रातोपोस्ट संवाददाता
४९२ पटक

झापा, २२ फागुन । झापाको बुधबारेमा आईतबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधबारे स्पेस केबल नेटवर्क, ब्रोडलिंक इन्टरनेट तथा नेपाल स्काउट बुद्धशान्तिको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

आफ्ना ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दे केबल नेर्टवर्कले स्वास्थ्य शिविरको आयोजना गरेको सञ्चालक सुनिल भट्टराईले बताएका छन् । शिविरमा आँखा, कान, जनरल फिजिसियन तथा स्त्री रोग सम्बन्धि चेकजाँच गरिएको थियो । जसको प्राविधिक सहयोग द्धष्टि आँखा अस्पताल बिर्तामोड, विपि कोइराला इन्स्टििच्यूड अफ हेल्थ साइन्स्, मनमोहन मेमोरियल मेडिकल कलेजले गरेको सञ्चालक मञ्जिल पाठकले बताएका छन् ।

श्रीकृष्ण प्रणामी मन्दिरको सभाहलमा आयोजित शिविरमा ७ सय बढी स्थानीय, ग्राहकहरुले सेवा लिएकोे अर्का सञ्चालक मञ्जिल पाठकले बताएका छन् । केबल सञ्चालक चिन्तन पाठकको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति तथा मेची अञ्चल अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलको बिशिष्ट आतिथ्य, ब्रोडलिंक इन्टरनेटका प्रमुख बिनोद तिम्लिसिनाको बिशेष आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्