News Portal

११२ औँ नारी दिवस : चारआली जेसिजद्धारा जेष्ठ नागरिकलाई सम्मान

रातोपोस्ट संवाददाता
४२५ पटक

झापा, २५ फागुन । चारआली जेसिजले ११२ औँ अन्तराष्टिय नारी दिवसको अवसरमा मंगलबार सम्मान तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । जेसिजले बिर्तामोडमा अवस्थित परोपकार तथा अनुसन्धान केन्द्रमा पुगेर जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा ( विरु) को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि परोपकार तथा अनुसन्धान केन्द्रका अध्यक्ष विक्रम मादेन लिम्बू रहेका थिए । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि लिम्बू, चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष उत्तमप्रसाद पकुवाल लगायतले आ-आफना धारणा राखेका थिए ।

सो अवसरमा चारआली जेसिज वर्ष २०१५ का अध्यक्ष राजेश गिरी, वर्ष २०१६ का अध्यक्ष तिर्थ घिमिरे, वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौला, बोर्डका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । तालिम संयोजक भुपेन्द्र प्याकुरेल आस्था वाचन गरेका थिए भने कार्यक्रम संयोजक जीवन दाहालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुजुप सुवेदीले गरेका थिए । चारआली जेसिजले ११२ औँ अन्तराष्टिय नारी दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

प्रतिकृया दिनुहोस्