News Portal

मेचीनगर अनेम संघको अध्यक्षमा जानुका ओली चयन

रातोपोस्ट संवाददाता
११४८ पटक

झापा, फागुन २४ । नेकपा एमाले सम्बद्ध महिला संगठन अखिल नेपाल महिला संघ मेचीनगरको अध्यक्षमा जानुका ओली चयन भएकी छन् । मंगलबार सम्पन्न संघको पहिलो नगर अधिवेशनबाट अध्यक्षमा जानुकालाई चयन गरिएको हाे ।

नगर अधिवेशनले उपाध्यक्षमा हेमा सिटौला, सचिवमा अनिता खवास (गुरागाई), सहसचिवमा बिनिता उराउ र कोषाध्यक्षमा लक्की ताम्राकार सर्वसम्मत रुपमा चयन भएकाे एमाले जिल्ला सचिवालय सदस्य डिल्ली घिमिरेले जानकारी दिए । काँकरभिट्टा स्थित टाउन हलमा सम्पन्न नगर अधिवेशनले ५ पदाधिकारी सहित ८१ सदस्यीय अनेम संघ मेचीनगर कमिटि गठन गरेको हो । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई विशिष्ट अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा झापा जिल्लाकी सहइन्चार्ज मिना उप्रेतीले सपथ ग्रहण गराएकी थिइन ।

कार्यक्रममा पार्टीको केन्द्रिय सदस्य तथा झापाका सहइन्चार्ज रविन काेइरालाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे । कार्यक्रममा प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी, अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य टीका घिमिरे, १ नम्बर प्रदेशका पूर्व सामाजिक राज्यमन्त्री जसमाया गजमेर, जिल्ला सचिवालय सदस्य रेनुका डागीँ, नगर अध्यक्ष राजु पोखरेल, पार्टी जिल्ला सदस्य टिका मंग्राती लगायतकाे उपस्थित रहेका थियाे ।

लक्ष्मी भण्डारीकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रमकाे सञ्चालन काेपीला कार्कीले गरेकी थिइन । कार्यक्रममा मेनुका बानियाँ, फाकी धिमाल, देवमाया गिरी, झरिदेवि राजवंशी र लीलामाया कार्कीलाई दोसल्ला र सम्मान पत्र प्रदान गरेकाे थियाे । अध्यक्षमा निर्वाचीत ओली मेचीनगर- ९ स्थित थोप्लेबिरान सामुदायिक वन समुहको सचिव तथा नारी कल्याणकारी संस्था मेचीनगरकी अध्यक्ष समेत रहेकी छिन् ।

,

प्रतिकृया दिनुहोस्