News Portal

आज झापा गोल्ड कपमा त्रिभुवन आर्मी र दार्जिलिङ एमएफसी खेल्दै

रातोपोस्ट संवाददाता
३३४ पटक

झापा, २५ फागुन । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौँ झापा गोल्ड कपमा आज तेस्रो क्वाटरफाईनलको खेल हुदैछ ।

अन्तिम चारमा प्रवेशका लागि आज त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा यी दुवै टिम सोझै क्वाटरफाइनल खेल्न लागेका हुन् । आजको खेल दिनको २ः३० बजे हुने आयोजकले जनाएको छ ।

मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टारलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार पाउनेछन् । उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउने छ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकका अध्यक्ष विनोद बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस्