News Portal

रेड पाण्डा फुटबल क्लब सिक्किमलाई पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश

रातोपोस्ट संवाददाता
५०६ पटक

झापा, २६ फागुन । झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा जारी नेपाल आइस पाँचौ झापा गोल्ड कपमा झापा ११ सेमिफाइनल प्रवेश गरेको छ । झापा ११ ले रेड पाण्डा फुटबल क्लब सिक्किमलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । झापा ११ को तर्फबाट खेलको ३१औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै बिमल घर्ती मगरले पहिलो गोल गरेका थिए ।

खेलको दोस्रो हाफको ८ मिनेटमा रेड पाण्डाले आत्मघाती गोल गर्दा झापा ११ ले २ गोलको अग्रता बनायो । त्यसको ४ मिनेटपछि झापा ११ का खेलाडी विशाल राईले झापाको लागि तेस्रो गोल गरे । झापाको तर्फबाट गरेको थुप्रै प्रहार रेड पाण्डाका गोलकिपर निन्दुप लेप्चाले बिफल तुल्याए ।

दोस्रो हाफको २०औं मिनेटमा रेड पाण्डाले पाएको पेनाल्टी सदुपयोग गर्दै योगेश मगरले टिमको लागि पहिलो गोल गरे । खेलको ३२औं मिनेटमा झापा ११ ले पेनाल्टी मार्फत बिमल घर्ती मगरले चौथो गोल गरे । ४३औं मिनेटमा बिश्वास श्रेष्ठले झापा ११ को लागि पाँचौ गोल गरे । आजको खेलको उत्कृष्ट खेलाडी झापा ११ का बिश्वास श्रेष्ठ घोषित भए । भोलि हुने पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र सातदोबाटो फुटबल क्लब बिच हुने र दर्शकका लागि प्रवेश शुल्क दुई सय रुपैया रहेको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्