News Portal

माओवादी केन्द्रले बिर्तामोड नगरमा पदाधिकारी टुङ्गो लगायो

रातोपोस्ट संवाददाता
८८९ पटक

झापा, २७ फागुन । नेकपा माओवादी केन्द्रले बिर्तामोड नगर कमिटीको पदाधिकारी टुङ्गो लागेका छ । गत मंसिर ११ गते नगर अधिवेशन उद्घाटन भएर विवादकै कारण टुंगो लगाउन नसकेको माओवादी केन्द्रले आज नगर पार्टी कार्यालयमा पदाधिकारी चयन गरेकाे हो ।

पार्टीको नगर अध्यक्षमा मोहन सुब्बा चयन भएका छन् । पार्टीले ६ सदस्यीय पदाधिकारी चयन गरेको छ । कमिटीको उपाध्यक्षद्वय जनबहादुर (जेबि) जबेगु र कमल कडरिया चयन भएका छन् । त्यस्तै सचिव गणेश कालिकोटे, सहसचिव सन्दिप प्रसाईं र कोषाध्यक्ष कृष्ण लिम्बु चयन भएका छन् । ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने (सरु), जिल्ला सहइन्चार्जहरु सिपी कडरिया, ज्योतिसिंह दर्लामी, झापा संयोजक अग्नि आचार्य (राजु), जिल्ला सचिव मोहन टुडू, २ नं क्षेत्रीय इन्चार्ज खड्ग तिम्सिना , सह–इन्चार्ज निर्मला खतिवडालगायतले शुभकामना दिएका थिए । कार्यक्रमको अध्यक्षता खेम गौतमले गरेका थिए भने नगर इन्चार्ज युवराज दाहालले कार्यक्रमकाे संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्