रातोपोस्ट संवाददाता
झापा, २७ फागुन । युवा नेता तथा समाजसेवी बालकृष्ण थापाले मन्दिरलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
मेचीनगर- ६ बर्मेली टोलस्थित नागेश्वर मन्दिरको सभाहलमा सम्पन्न कार्यक्रममा थापाले मन्दिरको छत ढलाई गर्नकाे लागि सो रकम प्रदान गरेका हुन । मन्दिर निर्माण समिति संयोजक अर्जुन अधिकारीलाई रकम प्रदान गर्दे थापाले मन्दिर निर्माणले त्यस क्षेत्रमा धार्मिक प्रवद्र्धनको कार्य गर्ने आशा व्यक्त गरे ।
कार्यक्रममा मन्दिर समितिका अध्यक्ष राजकुमार तामाङ, समाजसेवी मिलन राई, नारायण पराजुली, याकुम सुब्बा लगायतको उपस्थिति रहेको थियो निर्माण समिति संयोजक अधिकारीले यस प्रकारको सहयोगले मन्दिर समितिलाई थप उत्साहित बनाएको र अन्य दाताहरुलाई समेत सहयोगका लागि अपिल गरे । समाजसेवी थापाले यस अघि पनि विभिन्न संघ संस्थालाई सहयाेग गर्दै आएका छन् ।