News Portal

मेचीनगरमा आदिवासी जनजातिको ‘खाना महोत्सव’

रातोपोस्ट संवाददाता
२७० पटक

झापा, २९ फागुन । आदिवासी जनजाति महासंघ मेचीनगर–१४ ले एक दिवसीय खाना महोत्सव सहित लोक–सांस्कृतिक कार्यक्रम झापाको धाइजनमा सम्पन्न गरेको छ । शनिबार ११ जातीको बसोबास रहेको झापाको मेचीनगरका सबै जात–जातिले आ–आफ्नो खानाको परिकार प्रर्दशनी गरेका थिए ।

सास्कृतिक कार्यक्रमसहित विभिन्न दर्जनबढि जातजाति तथा संघसंस्थाले आ–आफ्नो जातीको लोक तथा मौलिक झल्कने खानाको परिकार, पोशाक, शृगारका सामाग्रीको स्टल नै राखेका थिए। उनीहरुले लोक तथा मौलिक झल्कने सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । मेचीनगर पालिकाका मेयर बिमल आचार्यको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा ११ जातीले बनाएको खानाको परिकार आगन्तुक अतिथिलाई बितरण गरिएको थियो ।

कार्यक्रममा नेपाल र भारतका विभिन्न ठाँउबाट सास्कृतिक झाकी सहित कलाकारहरको सहभागीता रहेको आदिवासी जनजाति महासंघ मेचीनगर–१४ का अध्यक्ष मुनिलाल राजबंशीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्