News Portal

विद्यार्थी बाेकेकाे स्कुल बसलाई ट्रकले दियो ठक्कर, ६ घाइते

रातोपोस्ट संवाददाता
६३९ पटक

झापा, ८ चैत्र । झापाको शिवसताक्षीमा विद्यार्थी सवार बसलाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिँदा ४ विद्यार्थीसहित ६ जना घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्गको झिलझिले डुडामारी सडक खण्डमा स्थानीय भानु माध्यमिक विद्यालयको बसलाई तीव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको नेपाली कांग्रेस शिवसताक्षीका उपसभापति सन्तकुमार फेवादिनले बताए। घाइते विद्यार्थीको विर्तामोडका अस्पतालमा उपचार भइरहेको छ।

उनीहरू सबैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। विद्यालय छुट्टि भएर घर फर्कंदै गरेका विद्यार्थी ओराल्न रोकिएको मे १ क ८६६ नम्बरको बसलाई पछाडिबाट आएको ना ८ ख ९२१ नम्बरको ट्रकले ठक्कर दिँदा विद्यार्थीहरू घाइते भएको प्रहरीले जनाएको छ। सो बसमा शिवसताक्षी १ का देवराज श्रेष्ठ, चिरन क्षेत्री, विराज कोइराला र १ कै श्रेया पौडेल घाइते भएका छन्।

बसका सहचालक वडा नम्बर ७ का रामकुमार राई घाइते छन्। चालक भने सकुशल रहेको ट्राफिक पोष्ट झिलझिलेका इन्चार्ज गोकुल आचार्यले जानकारी दिए। विद्यालयका अनुसार करिब २५ जना विद्यार्थी उक्त बसमा सवार थिए। ट्रक चालक विसाल ठटाल पनि घाइते छन्। उनी शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा हुन्।

प्रतिकृया दिनुहोस्