News Portal

खेलकुद महासंघ मेचीनगरको अध्यक्षमा सञ्जय तामाङ

रातोपोस्ट संवाददाता
७२७ पटक

झापा, ९ चैत । सत्तारुढ नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको मेचीनगर अध्यक्षमा संन्जय तामाङलाई चयन गरेको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारासहित बुधबार सम्पन्न सो महासंघकाे प्रथम नगर अधिबेशनले अध्यक्षमा तामाङलाई चयन गरेको हो ।

झापाकाे धुलाबारीस्थित मेची उधाेग वाणिज्य संघकाे सभाहलमा भएकाे नगर अधिबेशनले ४५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा शेखर गिरि र सिता माेते चयन भएका छन् । अधिबेशनले सचिवमा मदन भण्डारी, सहसचिवमा सञ्जिव आचार्य र विपन्न राजवंशी चयन भएका छन । कार्यक्रममा नेपाल खेलकुद महासंघका प्रदेश १ का इञ्चार्ज सन्तोष वान्तवाको प्रमुख आतिथ्यमा रहेकाे थियाे । अधिबेशनमा विशिष्ट अतिथिमा नेपाल खेलकुद महासंघका प्रदेश अध्यक्ष राजकुमार थापा रहेका थिए ।

कार्यक्रममा एमाले जिल्ला सदस्य डिल्ली घिमिरे, सांसद गोपालचन्द्र बुढाथोकी, प्रदेश सांसद श्रीप्रसाद मैनाली, खेलकुद महासंघ झापा जिल्लाका इञ्चार्ज चन्द्र प्रसाइ, खेलकुद महासंघ झापा जिल्लाका अध्यक्ष भवानी बराल, राजु कार्की, रविन खरेल, युवा नेता बालकृष्ण थापाकाे आतिथ्यता रहेकाे थियाे । युवा नेता एवम् खेलकुद महासंघ मेचीनगरको इञ्चार्ज दावा तामाङको सभापतित्व भएकाे कार्यक्रममा स्वागत मन्तव्य जिल्ला काेषाध्यक्ष पनिता पाेखरेलले गरेकी थिइन् । कार्यक्रमकाे सञ्चालन खेलकुद महासंघका प्रदेश सदस्य नारायण खनालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्