News Portal

विद्यार्थीलाई लागु औषध दुर्व्यसन सम्बन्धी प्रशिक्षण

रातोपोस्ट संवाददाता
५८१ पटक

झापा, ११ चैत । झापाकाे मेचीनगर- १५ स्थित ज्यामिरगढीमा एक दिने कानुनी साक्षरता सम्बन्धी लागु औषध दुर्व्यसन विषयमा प्रशिक्षण प्रदान गरिएको छ । नेपाल बार एसोसिएसन झापाको आयोजनामा ज्यामिरगढी माविमा आयोजित कार्यक्रममा विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ५० जना भन्दा बढी विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरिएको हो ।

कार्यक्रममा लागु औषध दूव्यर्सनका विषयमा चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओली, लागु औषध नियन्त्रण ऐनले गरेका दण्ड सजायका बारेमा अधिवक्ता यज्ञलक्ष्मी चौंलागाई र बाल अधिकारका विषयमा अधिवक्ता खगेन्द्र खरेलले सहजीकरण गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक सन्तबहादुर चौम्लागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा बारका अध्यक्ष हरि अधिकारी लगायत विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्