News Portal

३६ डिएसपी सरूवा

रातोपोस्ट संवाददाता
५७८ पटक

काठमाडाैं, १५ चैत । प्रहरी प्रधान कार्यालयले सोमबार राति ३६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा निकालेको छ। स्थानीय तहको निर्वाचनको मुखमा प्रधान कार्यालयले ३६ डिएसपीको सरूवा निकालेको हो।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख सुलिलसिंह दाहाल १ नम्बर प्रदेश प्रहरी कार्यालयमा सरूवा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् कुमार मैनाली इलाका प्रहरी कार्यालय सिरहा पुगेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् रुगमबहादुर कुँवर इलाका प्रहरी कार्यालय अनारमनी झापामा पुगेका छन्।

बेदप्रसाद गौतम जिल्ला प्रहरी कार्यालय उदयपुरबाट इलाका प्रहरी कार्यालय पथरी पुगेका छन्। ऐनबहादुर मल्ल इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा सरूवा भएका छन्। इलाका प्रहरी कार्यालय पथरीमा रहेका कृष्ण खड्कालाई अख्तियार टंगालमा सरूवा गरिएको छ। इलाका प्रहरी कार्यालय दमकका नवराज कार्कीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय अन्वेषण योजना तथा विका महाशाखामा सरूवा गरिएको छ। शालिग्राम शर्मालाई प्रहरी वृत्त जनसेवामा सरूवा गरिएको छ।

प्रतिकृया दिनुहोस्