News Portal

काँकडभिट्टामा २ जना ब्राउन सुगरसहित पक्राउ

रातोपोस्ट संवाददाता
४५६ पटक

झापा, १६ चैत । झापाकाे मेचीनगरमा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जना बस यात्री पक्राउ परेका छन् । प्रहरीले बुधवार दिउँसो साढे ४ बजे बसमा यात्रा गरिरहेका दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर- ६ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–०१–००६ ख ०६२६ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा चालकको पछाडि सिटमा सवार बुद्धशान्ति गाउँपालिका ४ बस्ने ४३ वर्षीय किशोर सुनुवार र काठमाडौँ महानगरपालिका ५ बस्ने ३१ वर्षीय सन्त महर्जनले बोकेको कालो रङको झोलाभित्र २८ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । दुवैलाई नियन्त्रणमा लिई ईप्रका काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले बताए ।

प्रतिकृया दिनुहोस्