News Portal

चितवनमा प्रचण्डले बाँडे भूमिहीनलाई लालपुर्जा

रातोपोस्ट संवाददाता
४३२ पटक

चितवन, २३ चैत्र । चितवनको भरतपुरमा आज ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका वडा न २ का ४६ घरधूरी भुमिहीन दलित परिवारलाई लालपूर्जा वितरण गरेका हुन्।

उनले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भइसकेको बताए। संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र संघको निर्वाचनमा गठबन्धनमै जानुपर्ने उनको भनाइ थियो। उनले अबको विकास निर्माण, समृद्धि र भूमिसम्बन्धी समस्या समाधान पनि सबैको सहमति, सहकार्य र एकताबाट मात्रै सम्भव रहेको पनि बताए।

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफूहरु प्रतिवद्ध भएर लागिरहेको बताएकी थिइन्। मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या दीगो रूपमा नै समाधान गर्न आफूहरु लागिरहेको भन्दै सबैको साथ, सहयोगबाट भूमिहीन दलित र सुकुम्वासीलाई लालपूर्जा वितरण गर्न संभव भएको बताइन्।

प्रतिकृया दिनुहोस्