News Portal

लोक संस्कृति संरक्षणका लागि मेची आइपुगे पैदल यात्री “गाइने”

रातोपोस्ट संवाददाता
७४८ पटक

झापा, १४ बैशाख । सुर्खेतका लोक गायक शेरबहादुर आचार्य ‘गाइने’ले मौलिक लोकवाजाको संरक्षणका लागि भन्दै ५० दिने महाकाली–मेची पैदल यात्रा समापन गरेका छन् । लोक गायक आचार्य बुधबार आज ५० औँ दिनमा मेची पुलमा आएर यात्रा समापन गरेका हुन् ।

सुर्खेतको लेकवेशी नगरपालिका–४ दशरथपुरका ३८ वर्षीय आचार्य गत फागुन २४ गते महाकाली हरिहर घाटदेखि विभिन्न नेपाली लोकसंस्कृति झल्काउने बाजागाजा बोकेर पैदल यात्रा सुरु गरेका थिए ।

समापन कार्यक्रममा मेचीनगर–६ का निवर्तमान वडाध्यक्ष ललितबहादुर तामाङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतो, साहित्य चौतारी झापाका संरक्षण एवम् भजन गायक देवीभक्त श्रेष्ठकोलगायतको उपस्थित रहेको थियोे । पैदल यात्री गायक आचार्यसहितको टोलीले सारङ्गिको भाकामा चर्चित गीत समेत गाएका थिए ।

प्रतिकृया दिनुहोस्