News Portal

हुम्लामा एक जना म्यादी प्रहरीको मृत्यु

रातोपोस्ट संवाददाता
८४८ पटक

हुम्ला, १५ बैशाख । हुम्ला सदरमुकामको सिमीकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको हुम्ला प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका– ६ घर भई हाल सिमीकोटमा रहेका अन्दाजी ४५ वर्षिय जस बहादुर रोकाया रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाका अनुसार सदरमुकामको माथिल्लो बजारमा आफ्नै साथीको कोठाका उनको मृत्यु भएको हो । साथीको कोठामा झ्याल ढोका बन्द गरेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको हो,’ओझाले भने ,‘ अहिलेसम्म मृत्युको कारण खुल्न सकिरहेको छैन ।’ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्