News Portal

मेचीनगर- ४ मा एमालेका उम्मेदवार घरदैलोमा

रातोपोस्ट संवाददाता
५४८ पटक

झापा, १९ बैशाख । झापाकाे मेचीनगर वडा नम्बर- ४ मा एमाले पार्टीले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि वडा नं ४ का वडाध्यक्षका उम्मेदवार अर्जुन कार्की, वडा सदस्यका उम्मेदवारहरु पवन बराईली, नुर बहादुर कार्की, महिला वडा सदस्यका उम्मेदवार गिता लुङ्गेली मगर र दलित महिला सदस्यका उम्मेदवार धनमाया सार्कीले चुनावी अभियानलाई तिब्रता दिएका हुन् ।

सोमबार आमडाँगीबाट सुरु भएकाे घरदैलो अभियान आलडाँगीमा पुगेर सम्पन्न भएको निर्वाचन प्रचार प्रसार समिति मेचीनगर वडा- ४ का संयोजक प्रविन भण्डारीले जानकारी दिए ।

उक्त चुनावी घरदैलो अभियानमा नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला, चन्द्र भण्डारी, प्रदेश कमिटी सदस्य निलकण्ठ तिवारी, वडा नं ४ एमाले अध्यक्ष तिर्थ नेपाल लगायतको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्