News Portal

अस्ताए स्वदेश फिर्तीका अगुवा डाक्टर भम्पा राई

रातोपोस्ट संवाददाता
३६५ पटक

काठमाडौं, ५ असार । भुटानी शरणार्थीका अगुवा डाक्टर भम्पा राईको निधन भएको छ। ७५ वर्षीय राईको गए राति पौने तीन बजे निधन भएको हो। विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा राईको निधन भएको हो।

केही दिन अघि हर्नियाको शल्यक्रिया गरिएका राईको शनिबार मुटुको चाल कम भएको थियो। सुरुमा झापाको दमकस्थित लाइफालाइन अस्पतालमा उपचारका लागि लगिएको पनि थप उपचारका लागि विराटनगर पठाइएको थियो।

तीन दशकदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका उनी झापाको दमकमा एक्लै बस्दै आएका थिए। दुई वर्ष अघि उनकी श्रीमतीको मृत्यु भएको थियो। राईको आइतबार दमक नजिकै पाडाजुँगीस्थित रतुवामाई वृक्षारोपणको जंगलमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

प्रतिकृया दिनुहोस्