News Portal

पाताल गंगा कालीखाेला धार्मिक तथा पर्यटन प्रबर्धनद्वारा वृक्षारोपण

रातोपोस्ट संवाददाता
४५५ पटक

झापा, १३ भदौ । झापाकाे मेचीनगरमा रहेकाे पाताल गंगा कालीखाेला धार्मिक तथा पर्यटन प्रबर्धन संस्थाले काली खाेलामा वृक्षारोपण गरेकाे छ । तेज पताकाे १५० बिरुवा राेपेकाे छ । झापाकाे मेचीनगर -६ स्थित कालीखाेला परिसरमा तेज पताका १ सय ५० विरुवा वृक्षारोपण गरेकाे हाे । वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि मेचीनगर-६ का वडा अध्यक्ष ललित बहादुर तामाङले तेज पताकाे बिरुवा राेपेर कार्यक्रमकाे उद्वघाटन गरेका थिए ।

वृक्षारोपण कार्यक्रममा संस्थाका अध्यक्ष ओम प्रकाश खापुङ, संस्थाका उपाध्यक्ष सुकमाया लिम्बू, सचिव शंकर भट्टराई, काेषाध्यक्ष लक्ष्मी तामाङकाे सहभागीता रहेकाे थियाे । संस्थाका सदस्य निरबहादुर कार्की (नेत्र ) काे संयाेजनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएकाे थियाे । मेचीनगरमा रहेकाे महेन्द्रद्वार सहकारी संस्थाबाट तेज पताकाे बिरुवा सहयाेग प्राप्त भएकाे संस्थाका सदस्य कार्कीले बताए ।

पाताल गंगा कालीखाेला धार्मिक तथा पर्यटन संस्थाले कालीखाेलामा ३ महिनादेखी सरसफाइ अभियान चलाईरहेकाे छ । कार्यक्रममा संस्थाका सल्लाकार संयाेजक धनप्रसाद गुरुङले कालीखाेला करिडाेर पहिला भन्दा धेरै नै सुन्दर बनेकाे साथै याे नगरकाे सम्पति रहेकाे हुनाले स्थानिय सरकारले पनि सहयाेगकाे गर्नु पर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्