News Portal

आज धुलाबारी खानेपानीको चुनाव

रातोपोस्ट संवाददाता
२१८ पटक

झापा, १८ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको चुनाव आज हुँदै छ । त्रिपक्षीय भिडन्त हुने निश्चित भएको खानेपानीको निर्वाचनमा ११ पदका लागि ३३ जनाको उमेद्वारी परेको छ ।

मतदान आज विहान ८ बजेबाट धुलाबारीस्थित पासाङ ल्हामु स्मृती जेसीज प्रतिष्ठान टाउनहलमा शुरु हुँदैछ । नयाँ नेतृत्वका लागि सक्रिय राजनीतिक दलहरु एकल तथा गठबन्धन बनाएर चुनावी मैदानमा छन् । खानेपानीमा नेपाली काँग्रेस र राप्रपाबीच गठबन्धन भएको छ भने एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच गठवन्धन भएकाे छ ।

काँग्रेससहितको गठबन्धनबाट अध्यक्ष पदमा धनकाजी खत्री दाहाल उमेद्वार रहेका भने एमालेको गठवन्धनबाट अध्यक्ष पदमा रचेन्द्र श्रेष्ठ चुनावी मैदानमा रहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रतिस्पर्धा छ । स्वतन्त्र पार्टीबाट अध्यक्षका लागि सन्तोष राजवंशी चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिकृया दिनुहोस्