झापा, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा अहिले लोकतान्त्रिक प्यानलका धनकाजी खत्रीले अग्रता लिएका छन् ।
आइतबार मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार लोकतान्त्रिक प्यानलका धनकाजी खत्रीले ४ सय ९ मत ल्याएका छन् । त्यसैगरि संयुक्त प्रगतिशिल प्यानलका अध्यक्ष रचिन्द्र श्रेष्ठले २ सय ३९ मत र रास्वपाका अध्यक्षका उम्मेदवार सन्तोष राजवंशीले १ सय ३८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । खानेपानी ९ सय ५५ मतगणना हुँदाको परिणाम ।
काँग्रेससहितको लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा खत्रीले ४०९, उपाध्यक्षमा हिमालय आङ्देम्बले ३९१, सचिमा उमानाथ (उमेश) सुवेदीले ३२८ मत प्राप्त गरेका छन् ।
त्यस्तै एमालेको संयुक्त प्रगतिशिल प्यानलबाट अध्यक्ष पदमा श्रेष्ठले २३९, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठले २६३, सचिवमा उमेश डाँगीले ३११ मत ल्याएका छन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट अध्यक्ष पदमा राजवंशीले १३८, उपाध्यक्षमा प्रकाश श्रेष्ठले १०२ र सचिवमा ओमनाथ घिमिरेले ११७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
सुरुमा १० मतले अगाडि भएका रचिन्द्र अहिले पछि परेका छन् । अहिले धनकाजीले रचिन्द्रलाई १७० मतले उछिनेका छन् । ९५५ मत मध्ये १०३ मत बदर भएको छ ।