News Portal

हल्दीबारीमा श्रम स्वीकृतिकाे लागि निस्सा दिन थालियाे

रातोपोस्ट संवाददाता
२०९ पटक

झापा, १७ बैशाख । झापाको हल्दीबारी गाउँपालिकामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिकाे निस्सा दिन थालिएकाे छ । गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिग्देनले आज हल्दिबारी वडा- ३ का देवीप्रसाद खतिवडालाई श्रम स्विकृतिको निस्सा प्रदान गरेका हुन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०७९ चैत १६ को निर्णय अनुसार वैदेशिक रोजगारीका लागि व्यक्तिगत तथा पुन श्रम स्वीकृति स्थानीय तहहरुबाटै आवेदन गर्ने व्यवस्था कार्यान्वयनका लागी गाउँपालिकाबाट नै श्रम स्वीकृतिका लागि निसा प्रदान गरिएको हाे । अब श्रम स्वीकृतिकाे लागी आवयश्यक कागजातसहित गाउँपालिकामा रहेको रोजगार सेवा केन्द्रमार्फत आवेदन दिन सकिनेछ ।

प्रतिकृया दिनुहोस्