News Portal

बाहुनडाँगीमा प्याब्सन मेचीनगरको साँस्कृतिक कार्यक्रम हुँदै

रातोपोस्ट संवाददाता
२०० पटक

झापा, २६ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मेचीनगरको दुई दिने साँस्कृतिक कार्यक्रम भव्यरुपमा बाहुनडाँगीमा सुरु भएको छ ।

विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अवसरको रुपमा सोमबारबाट सुरु भएको प्याब्सन मेचीनगरका कोषाध्यक्ष कमल भेटवालले बताए । बाहुनडाँगीस्थित सामुदायिक भवनमा आयोजित साँस्कृतिक कार्यक्रम मंगलबारसम्म चल्नेछ । कार्यक्रममा प्याब्सनमा आबद्ध मेचीनगरका झण्डै ३५ वटा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाको उल्लेख्य सहभागिता छ ।

सोमबार मेचीनगरका नगर शिक्षा अधिकारी होम भण्डारीले कार्यक्रम उद्घाटन गरेका छन् । उनले विद्यार्थीको प्रतिभा देखाउने एउटा उत्सवका रुपमा साँस्कृतिक कार्यक्रम भएको बताए । कार्यक्रममा मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साँस्कृतिक कार्यक्रमको उद्घाटन सत्रमा प्याब्सन मेचीनगरले पूर्वाञ्चल स्कूलका संस्थापक लीलामणि राईलाई सम्मान गरेको छ । प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष विक्रम क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्