News Portal

झापामा पेसागत महासघंले मनायाे मजदुर दिवस

रातोपोस्ट संवाददाता
३४८ पटक

झापा, १९ बैशाख । नेकपा (एस) निकट पेसागत महासंघ जिल्ला समिति झापाले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मजदुर दिवस मनाएकाे छ । दिवसका अवसरमा पार्टी कार्यालय विर्तामोडमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रमकाे आयोजना गरेर मनाएकाे हाे ।

विर्तामोडकाे पार्टी कार्यालयमा ‘ समाजवाद सामाजिक न्याय, स्वाधीन अर्थतन्त्र र समृद्ध जीवन गुणस्तरीय सेवा सुशासन, एकृकित तथा सुदृढ ट्रेड युनियन ’भन्ने नाराका साथ मजदुर दिवस मनाएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि पेसागत महासंघ नेपालका केन्द्रीय सदस्य मदन प्रसाद खतिवडा, विषेश अतिथि नेकपा एसका झापा जिल्ला उपाध्यक्ष बासु दुलाल, विशेष अतिथि पार्टी जिल्ला सचिव विपि भट्टराई, अतिथिहरुमा रामप्रसाद पाेखरेल, ईन्दु खवासलगायत नेताले बाेलेका थिए ।

कार्यक्रमकाे अध्यक्षता पेसागत महासंघ झापाका जिल्ला अध्यक्ष माेहन ढकालले गरेका थिए भने सञ्चालन पेसागत महासंघका सहसचिव नारायण श्रेष्ठले गरेका थिए ।

प्रतिकृया दिनुहोस्