News Portal

भाेलि वाइसिएल झापाको जिल्ला सम्मेलन हुँदै

रातोपोस्ट संवाददाता
३४४ पटक

झापा, २१ बैशाख । योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को छैटौ जिल्ला सम्मेलन बिर्तामोडमा हुने भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको झापा जिल्ला सम्मेलन बिर्तामोडमा भाेलि बैशाख २२ गते हुने भएको हो । वाइसिएल नेपालले बिहीवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर झापा जिल्ला सम्मेलनको बिषयमा जानकारी दिएको हो ।

नेकपा (माओवादी केन्द्र) झापामा संयोजक राजु आचार्य (अग्नि) ले बिर्तामोडस्थित सिटी सेन्टरमा बैशाख २२ गते वाइसिएलको झापा जिल्ला सम्मेलन हुन लागेको जानकारी दिए । केही बर्ष अघिदेखि निस्कृय रहँदै आएको माओवादीको युवा संगठन वाइसीएललाई चलायमान बनाउने उदेश्यले जिल्ला सम्मेलन आयोजना गरिएको पार्टी झापा संयोजक राजुले बताए । पार्टीको युवाहरुको संगठन वाइसिएललाई सृढिद्धिकरण गरेर झापामा पुनः उर्जाशिल बनाउने उदेश्यले जिल्ला सम्मेलन आयोजना गरिएको हो ।

जिल्ला सम्मेलनको उद्घाटन प्रदेश इन्चार्ज हरिबोल गजुरेलले गर्ने कार्यक्रम तय भएको बताइएको छ । माओवादी केन्द्रका उप–महासचिव अजम्बर राई, माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो, केन्द्रिय सदस्य रन्जित तामाङ, शुसिला घिमिरे लगायतले सम्मेलनमा सम्बोधन गर्ने पार्टीका कोशी प्रदेश सचिवालय सदस्य हिक्मत घिमिरे (डिल्ली) ले बताए । सम्मेलनले वाइसिएल झापाको ७५ सदस्यीय नयाँ कार्यसमिति बनाउने छ । जसमा सम्मेलनले ५३ सदस्यीय चयन गर्नेछ भने अन्य सदस्य समितिले मनोनित गर्ने बताइएको छ । सम्मेलनमा एक हजार ७ सय बढी युवाहरुको सहभागीता रहने जनाइएको छ । सम्मेलनले नगरबाट एक जना महिलासहित ४ जना र गाउँपालिकाबाट एक जना महिलासहित ३ जनालाई समेटेर नेतृत्व चयन गर्नेछ ।

सोही कार्यक्रमकाबिच झापा जिल्ला खुल्ला नृत्य प्रतियोगिताको अडिसनबाट छनौट भएका ५ जना प्रतियोगीको फाइनल प्रतिष्पर्धा समेत हुने वाइसिएलका झापा संयोजक राजु दर्नालले बताएका छन्। पत्रकार सम्मेलनमा वाइसिएलका केन्द्रिय सदस्य शिवराज घिमिरे, डेभिड शाही, प्रेम ल्वागुन, कोशी प्रदेश इन्चार्ज कर्मा पुलामी मगर, कोशी प्रदेश संयोजक कुमार आचार्य, सदस्य हिमाल शर्मा, बिनोद मण्डल, कोशी प्रदेश सदस्य जनक ल्वागुनलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्