News Portal

थोप्लेविरानमा तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सम्पन्न

रातोपोस्ट संवाददाता
३९९ पटक

झापा, २१ बैशाख । झापाकाे मेचीनगर-९ स्थित थोप्लेविरान महिला कृषि सहकारी संस्थाले ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरी तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सम्पन्न गरेकाे छ ।

मेचीनगर नगरपालिका वडा-९ को आर्थिक सहयोगमा आयोजित तालिम महिलाहरुको व्यक्तित्व तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको थियाे । तालिम यही बैशाख १९ गतेदेखि २१ गतेसम्म ३ दिन सञ्चालन गरेको हो ।

महिलाहरुको व्यक्तित्व तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको संस्थाकी उपाध्यक्ष जानुका ओलीले बताइन् । उनले आज समापनको अवसरमा तालिमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

समापन कार्यक्रमको प्रमुख अतिथि वडा- ९ का वडाध्यक्ष कञ्चन तामाङ रहेका थिए । उनले तालिमबाट सिकेको सीपले लोभ लाग्दो सामज निर्माणमा टेवा पुग्ने छ भन्ने आशा व्यक्त गरेका थिए । तालिममा सहभागीहरुलाई वडाध्यक्ष तामाङ र वडा सदस्य सुष्मा कार्की (डोली) ले प्रमाणपत्र वितरण गरेका थिए ।

यस अघि बैशाख १९ गते कार्यक्रमको औपचारिक उद्घाटन वडा- ९ की वडा सदस्य अरुणा राजवंशीले गरेकी थिइन् । तालिममा संस्था अन्तरगतका दश वटा कृषक समुहका ५/ ५ जना गरी ५० जना महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई पत्रकार अम्बिका भण्डारी र साहित्यकार मीरा काफ्ले पोखरेलले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष तामाङ, प्रशिक्षार्थीहरु खीमा शिवाकोटी, दुर्गा राउत, सुनिता विष्ट लगायतले बोलेका थिए । कार्यक्रममा वडा- ९ की वडा सदस्य सुष्मा कार्की (डोली) , थोप्लेविरान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कृष्ण कोइराला लगायतको उपस्थिति रहेको थियो ।

थोप्लेविरान महिला कृषि सहकारी संस्थाकी अध्यक्ष डम्बरकुमारी प्रधान (मञ्जु) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन व्यवस्थापक पवित्रा आचार्य दाहालले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्