News Portal

मेची पुलबाट ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ

रातोपोस्ट संवाददाता
१६५ पटक

झापा, १० साउन । भारतबाट मोटरसाइकलको हेलमेटभित्र ब्राउन सुगर लुकाएर ल्याउन खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका- ४ का ४१ वर्षीय धनबहादुर लिम्बू रहेका छन् ।

बुधबार साँझ ६ बजे मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेची पुलमा लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बा ५३ प १२४५ नम्बरको मोटरसाइकल चालक लिम्बूलाई शंका लागेर चेकजाँच गर्दा प्लास्टिकमा पोका पारी हेलमेटभित्र लुकाएर राखेको प्लास्टिकसहित २ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

लिम्बूकाे साथबाट नगद १० हजार र मोटरसाइकल सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्