News Portal

कन्टेनर र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

रातोपोस्ट संवाददाता
१०७ पटक

चितवन, ११ साउन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र पर्साको वीरगन्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । आलम ट्रकका चालक हुन् । पटेल कन्टेनरका चालक हुन् । भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन् । सोही अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस्