News Portal

काँकरभिट्टामा भदाै ७ गतेदेखि राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुँदै

रातोपोस्ट संवाददाता
९७ पटक

झापा, १ भदौ । झापाको काँकरभिट्टामा छैटौँ राष्ट्रिय एमेच्युर बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लबले नेपाल बुद्धिचाल महासंघको साझेदारीमा यही भदौ ७ गतेदेखि १० गतेसम्म छैटौँ राष्ट्रिय एमेच्युर बुद्धिचाल हुने भएको हो ।

मोफसलमा दोस्रोपटक आयोजना गरिएको छैटौँ एमेच्युर प्रतियोगितामा २००० देखि १७०० सम्म र १७०० देखि तलका गरी दुई समूहमा विभाजन गरिनेछ । दुबै समूहका प्रथम हुने खेलाडीले ५०/५० हजार दोस्रोले २५/२५ हजार र तेस्रोले १५/१५ हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिता चौथो, पाँचौँ, छैटौँ र सातौँ हुने खेलाडीले क्रमश: नगद १२ हजार, १० हजार, ८ हजार र ६ हजार प्राप्त गर्नेछन् भने आठौँ, नवौँ र दसौँ हुने खेलाडीले समान ५/५ हजार प्राप्त गर्ने क्लबका अध्यक्ष विश्वविजय घिमिरेले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न १८ लाख २२ हजार रूपैयाँ लाग्ने अनुमान गरिएको छ । देशभरिबाट १५० जनासम्मको सहभागिता रहने शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

मेचीनगरको गौरवका रुपमा यहाँको स्थानीय सरकार, संघसंस्था, व्यवसायी, विद्यालयहरुको निरन्तर साथ र सहयोगले कार्यक्रम सफलताका साथ सम्पन्न गर्ने अपेक्षा रहेको संघका उपाध्यक्ष राजु पौडेलले बताए । पशुपति बोडिङ स्कुलबाट ५०/५० हजारको दुईवटा प्रथम पुरस्कारबापत १ लाखको सहयोग रहने भएको छ । पत्रकार सम्मेलनमा क्लबका पुर्व अध्यक्षद्वाेय शेर बहादुर बस्नेत र वालजित राई, काेषाध्यक्ष बावुराम विष्ट, सदस्य कर्ण थापा मगर, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, मेची सामुदायिक केन्द्रका अध्यक्ष मुक्ति पाैडेल लगायतकाे उपस्थित रहेकाे थियाे । नाइट चेस क्लबका अध्यक्ष विश्वविजय घिमिरेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष राजु पाैडेलले गरेका थिए भने सञ्चालन महासचिव राजेश राउतकाे रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्