झापा, १३ भदौ । झापाको अर्जुनधारा नगरपालिकाकी १६ वर्षीय बालिकालाई ७ जना पुरुषले सामूहिक बलात्कार गरेको दर्दनाक घटना सार्वजानिक भएसंगै नेकपा निकट अखिल (समाजवादी ) झापाले पीडकलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ। बलात्कार भएको ५ दिन बितिसक्दा पनि प्रशासनले दोषीलाई कारवाही गर्न ढिलासुस्ती गरेको भन्दै पीडितको पक्षमा विप्लव निकट अखिल (समाजवादी) झापाले शनिश्चरे चोकमा व्यापक प्रदर्शन गरेको हो ।
देशै भरि दिनदिनै महिला हिंसा बढेपनि प्रशासनले त्यसतर्फ ध्यान नदिएको भन्दै संगठनले विरोध प्रदर्शन गरेको अखिल समाजवादी झापाका इन्चार्ज विनोद सीले जानकारी दिए।हिंसाको सिकार सधै विद्यार्थी हुने गरेको कारण महिला विद्यार्थीलाई अन्याय हुँदा विद्यार्थी संगठनहरू चुप लागेर बस्न नसक्ने र कुनै पनि आवरणमा दोषीलाई उन्मुक्ति दिन खोजे न्यायको निमित्त आफूहरु कठोर संघर्षमा उत्रन सक्ने समेत उनले बताए।
विरोध प्रदर्शन कार्यक्रममा बोल्दै संगठनका झापा अध्यक्ष डिपी सी, संगठनका महिला नेतृ अंकिता सी र पार्टिका प्रदेश सदस्य अर्जुन सी सहितले तत्काल कारवाही गर्न माग गरेको छन्। विरोध प्रदर्शनीमा पीडकलाई कारबाहीको माग गर्दै विभिन्न प्लेकार्डहरु समेत प्रदर्शन गरिएको थियोे ।