News Portal

वाइसीएल मेचीनगरको अध्यक्षमा दिपक राई चयन

रातोपोस्ट संवाददाता
१०५ पटक

झापा, १५ भदौ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपाल मेचीनगरको सातौं सम्मेलन सम्पन्न भएको छ । शुक्रबार मेचीनगर- ८ स्थित किरात याक्थुङ चुम्लुङकाे सामुदाहिक भवनमा दिपक राईकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गर्दै सम्मेलन सम्पन्न भएको हो ।

राईको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा राजेश गुरुङ, दीपेश मेचे र रिजेश कार्की चयन भएका छन् । सुबम खड्का सचिव र सहसचिवमा बरुण राजबंशी र रमेश बाँस्तोला चयन भएका छन् । रन्जिना वर्देवा कोषाध्यक्षमा चयन भएकी छन् । त्यसैगरी देबेन्द्र दाहाल, रबिन पराजुली, राम राजबंशी, बिष्णु, भट्टराई, लक्ष्मी आचार्य, तुलसी आचार्य, हेम थापालगायत सदस्यमा चयन भएका छन् । नयाँ कार्यसमितिको ५१ सदस्य नामावली वाइसीएल नेपालका जिल्ला अध्यक्ष डेबिड साहिले उद्घोष गरेका थिए ।

वाइसीएल मेचीनगरका अध्यक्ष राजु निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य रन्जित तामाङ, वाइसीएल नेपालका केन्द्रिय सचिव सदस्य डम्बर पुलामी कर्म, माओवादी केन्द्रका झापा संयोजक राजु आचार्य अग्नि, सचिव मोहन टुडु, वाइसीएलका जिल्ला इन्चार्ज निशान मगर, प्रदेश सदस्य प्रकाश भण्डारी, डिल्लीराम घिमिरेलगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा वाइसीएल प्रदेश संयाेजक कुमार आचार्य, वाइसीएल जिल्ला अध्यक्ष डेबिड शाही, जिल्ला उपाध्यक्ष हिमाल विष्ट, सचिव जनक लुहागुन, सहसचिव रुद्र राउत, केन्द्रीय बिभाग सदस्य प्रेम लुहागुन, बिनाेद मण्डल, दिपक तामाङ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) झापा अध्यक्ष तारा श्रेष्ठकाे उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्