News Portal

पाँच पाेखरी सामुदायिक वनकाे साधारण सभा सम्पन्न

रातोपोस्ट संवाददाता
८० पटक

झापा, १० असाेज । पाँच पाेखरी सामुदायिक वन उपभोक्ता समूहको ३९ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएकोे छ । सामुदायिक वनमा आयोजित साधारणसभाको उद्घाटन सामुदायिक वन जिल्ला महासंघ झापाका अध्यक्ष बेद प्रकाश भण्डारीले गमलाको विरुवामा पानी हालेर गरेका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि भण्डारीले सामुदायिक बनले जनताकाे भावना अनुसार काम गरेकाे भए पनि स्थानिय सरकारले बनमा अकुश लगाउने काम गरेकाे बताए । उनले सामुदायिक वनकाे अधिकार कटाउन केहि व्यक्ति पछि परेकाे आराेप लगाए । सामुदायिक वनकाे अधिकारका लागि जिल्ला महासंघ झापाका सधै लागिरहेकाे उनले बताए ।

सो अवसरमा विशेष अतिथि बुद्वशान्ति गाउँपालिका-५ का वडा अध्यक्ष डेगेन्द्र कार्की, वनका पुर्व अध्यक्षदाेय विष्णुप्रसाद न्याैपाने, विक्रम खालिङ, मेची सव-डिभिजन कार्यालयका अधिकृत डिल्लीराम खरेल, पुर्व डिभिजन वन कार्यालय झापा अधिकृत ओमनाथ भट्टराई लगायतले सामुदायिक वनकाे विकास र प्रवद्र्धनका लागि समितिले राम्रो काम गरेकाे बताए ।

सामुदायिक वनका अध्यक्ष चेतन आचार्यको अध्यक्षता रहेको कार्यक्रममा अध्यक्ष आचार्यले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समिति संयाेजक भाेगेन्द्र बस्नेतले आथिक प्रतिबेदन समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बहुवन सामुदायिक वनका उपाध्यक्ष काजी मेचे, गाैतम बुद्व आधारभूत विधालयका प्रअ प्रधुम्न भट्टराई, बुद्धशान्ति-५ का वडा सदस्यहरु रिता चाैधरी, राम लगन चाैधरी र नर बहादुर कुमाल, टिमाइ बेस क्याम्पका ससस्त्र प्रहरी प्रमुख विजय यादव लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा ४ जना व्यक्तिहरुलाई सम्मानित गरिएकाे थियाे । पाँच पाेखरी वन सामुदायिक वनमा हेरालाेकाे रुपमा काम गर्ने ३ जना कर्मचारी पुर्ण बहादुर मास्की, कृष्ण ठाडा र बिर्थ धिमाललाई सम्मानित गरिएकाे थियाे । त्यसैगरी साधारण सभाले डिभिजन वन कार्यालय झापामा लामाे समय रहेर काम गर्नु भएका तर हाल अवकाश रहेका वन अधिकृत ओमनाथ भट्टराईलाई पनि सम्मान गरेकाे थियाे । सामुदायिक बनकी सचिव बबिता चाैधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सामुदायिक बनकी काेषाध्यक्ष मन्दिरा दनुवारले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्