News Portal

रोलिङ च्यालेन्ज कप : आज मानेभञ्ज्याङ एफसी र राष्ट्रिय जागृति क्लब भिड्दै

रातोपोस्ट संवाददाता
७३ पटक

झापा, ४ कार्तिक । आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको क्वार्टर फाइनल खेल अन्तर्गत आज दार्जिलिङको मानेभञ्ज्याङ एफसी र राष्ट्रिय जागृति क्लब इटहरी भिड्दै छन्।

धुलाबारी माविको खेल मैदानमा दिउँसो साढे दुई बजे हुने यी दुई टोलीबिच प्रतिस्पर्धा हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिए । पहिलो दिन रोलिङ क्लबले सुनसरीको सशस्त्र प्रहरी बल (एपिएफ) लाई ५–२ गोल अन्तरले हराउँदै शानदार जित निकालेको थियो । प्रतियोगितामा कुल ८ ‘टिम’ को सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ३६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । धुलाबारी माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुने क्लबका सचिव खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्